Logo

पाकिस्तानमा कोरोनाबाट इन्साफ पार्टीकी वरिष्ठ सदस्य शाहीन राजाको निधन



Spread the love

एजेन्सी । पाकिस्तानको स्थानीय मिडिया अनुसार इन्साफ पार्टीकी वरिष्ठ सदस्य शाहीन राजाको मृत्यु भएको छ । ६९ वर्षीय शाहीन राजाको कोरोना भाइरसको कारणले मृत्यु भएको हो ।

शाहीन राजाको उपचार लाहौरको अस्पतालमा भइरहेको थियो । उनको उपचारक्रममा निधन भएको पाकिस्तानी मिडियाहरुले बताएका छन् ।

उनको निधनमा प्रधानमन्त्री इमरान खान र पन्जाबका मुख्यमन्त्री उस्मानले दुःख व्यक्त गरेका छन् ।
पाकिस्तानमा अहिलेसम्म करिब ४५ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने करिब हजार मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्