Logo

अमेरिकामा काेराेना भाइरसबाट गोराको तुलनामा काला जातिको मृत्यु किन धेरै ?



Spread the love

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट काला जातिका मानिसहरु बढी शिकार भएका छन् । हाल एक डाटाबाट पत्ता लागेको छ की काला जातिका अमेरिकन गोरा अमेरिकनको तुलनामा तीन गुना धेरै रहेका छन् ।

एपीएम रिसर्च ल्याबले नयाँ आँकडा बुधबार सार्वजनिक गरेको थियो । एपीएम रिसर्च ल्याबले यस अध्ययनको शीर्षक ‘कलर अफ कोरोना भाइरस’ दिएको छ । प्रस्तुत अध्ययनबाट यो पुष्टि हुन्छ की कोरोनाबाट मर्ने काला जाति एकातिर अन्य अमेरिकी नागरिक अर्कातिर छन् ।

कोरोना भाइरसबाट अमेरिकामा काला जातिहरुको मृत्यु ५०.३ प्रति लाख जनसंख्यामा रहेको छ भने गोरा जातिहरु २०.७ प्रति । यसै गरी ल्याटिन अमेरिकन २२.९ छ भने एसियन २२.७ रहेको छ ।
प्रत्येक २००० कालो जातिको जनसंख्यामा एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । अमेरिकाको केही प्रदेशमा यो आँकडा झन् हैरान बनाउने खालको छ । क्यानसस प्रदेशमा गोरा जातिको तुलनामा काला जातिको मृत्यु सात गुना बढी रहेको छ । वासिंगटनमा पनि गोराको तुलनामा काला जातिको मृत्यु ६ गुना धेरै रहेको छ । यसैगरी मिसिगनमा ५ गुना र न्यूयोर्कमा ३ गुना धेरै रहेको छ ।

ट्रम्प प्रशासनले गोरा र काला जातिको स्वास्थ्य अवस्थामा असमानता भएका कारण कोभिड–१९ ले काला जातिलाई बढी शिकार बनाएको बताएको छ । काला जातिमा मधुमेह, उच्च रक्तचाप र मोटोपन धेरै भएको बताइएको छ ।

आइतबार स्वास्थ्य सचिव अलेक्स अजारले काला र गोरा जातिको विषमताले गर्दा धेरै काला जातिको ज्यान गएको बताएका थिए । काला जातिको मृत्युदर धेरै हुनुको कारण आर्थिक विषमता भएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्