Logo

धेरै नयाँ संक्रमित भेटिएका विश्वका चार देश



Spread the love

एजेन्सी । बितेको २४ घण्टामा विश्वभरमा कोरोना भाइरसबाट १ लाख ६ हजार नयाँ संक्रमित भेटिएका छन् । जुन आजसम्म एकदिनमा भेटिएका संक्रमितकको सबैभन्दा ठुलो आंकडा हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा देखिएका संक्रमितमा दुई तिहाइ संक्रमित चार देशमा देखिएका छन् । ती चार देश हुन– अमेरिका, रुस, ब्राजिल र भारत

विश्व स्वास्थ्य संगठनले बुधबार कोरोना भाइरसको समाप्ती भएको नसोंच्नु भनी चेतावनी दिएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले भने, “जब जब विकसित देशले लकडाउन खुकुलो बनाउँदै गइरहेका छन् तब कोरोना गरिब देशमा फैलिंदै गइरहेको छ । हामीले अझै लामो यात्रा तयार गर्नुृ छ । हामीलाई चिन्ता छ की अब महामारी निम्न र मध्यम आय भएका देशमा बढिरहेका छन् ।”

ल्याटिन अमेरिकी देश ब्राजिल कोरोनाको नयाँ केन्द्रको रुपमा विकसित हुँदै गइरहेको छ । जहाँ संक्रमितको संख्या बेलायतमा भन्दा धेरै भइसकेका छन् र संक्रमणको दर पनि लगातार बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्