Logo

भारत र बंगलादेशमा तुफानबाट १६ मानिसको मृत्यु



Spread the love


एजेन्सी । पूर्वी भारत र बंगलादेशमा आएको शक्तिशाली तुफानका कारण १६ मानिसको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार बितेका दुई दशकमा आएको शक्तिशाली तुफान हाे ।

बंगालको खाडीबाट उठेको यस तुफानको कारणले भारतको पश्चिम बंगाल, ओडिशा र छिमेकी बंगलादेशमा तिव्र गतिमा हावा लाग्नुका साथै भारी वर्षा भएको थियो ।

तुफानको कारण तीन ठाउँमा सयौँ रुखहरु जरैबाट उखेलिएका छन्, हजारौँ घर नष्ट भएका छन् र लाखौँ मानिसहरु यस तुफानबाट प्रभावित भएका छन् । कोरोना भाइरसको महामारीको बीचमा मानिसलाई सुरक्षित स्थानमा पुर्याउन एक ठुलो चुनौती भएको अधिकारीहरु जनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्