Logo

कोरोना भाइरसको भ्याक्सिनको पर्खाइमा बस्नु ठिक हुँदैन, यो भ्याक्सिन चाँडै आउनेवाला छैन– अमेरिकन वैज्ञानिक



Spread the love

एजेन्सी । एचआईभीमा अनुसन्धान गरेका एक प्रसिद्ध वैज्ञानिकले कोरोना भ्याक्सिन चाँडै नआउने बताएका छन् ।

अमेरिकी वैज्ञानिक विलियम हेसलटाइन जसले क्यान्सर, एचआईभी लगायतका अन्य प्रोजेक्टमा काम गरेका थिए । उनले कोरोना भाइरसको भ्याक्सिन कहिले बन्छ भन्ने प्रश्नमा निकट भविष्यमा सम्भव नभएको बताएका थिए ।

उनले भने,“कोरोना भाइरसको भ्याक्सिनको पर्खाइमा बस्नु मूर्खता हो । यदि कुनै नेता भ्याक्सिन तयार भएको घोषणा सुन्न आतुर भइ लकडाउन खुकुलो बनाउने रणनीति लिएको छ भने त्यो सरासर गलत हो । भ्याक्सिन चाँडै बन्नेवाला छैन ।”

“बिना कुनै प्रभावपूर्ण उपचार तथा भ्याक्सिनबिना पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिन्छ । यसको लागि संक्रमणको सही पहिचान हुनु पर्दछ । जो संक्रमित छ उसलाई आइसोलेसनमा राख्नु उत्तम उपाय हो । बाँकी मानिसहरुले बेला बखतमा हात धोइरहने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, भीडभाडमा नजाने गर्नु पर्दछ ।” विलियमले थपे ।

विलियमले एसियामा यस रणनीति राम्राेसँग लागू गरेकाे तर अमेरिकाले नगरेकाे पनि अाराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्