Logo

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात



Spread the love

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन । अस्पताल स्रोतका अनुसार भनेर प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको हो ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्