Logo

९ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ५१६



Spread the love

९ जेठ, काठमाडाैँ – नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै थप ९ जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयको विज्ञप्ती अनुसार मकवानपुरकी ५४ वर्षिया महिला, भक्तपुरकी ४२ वर्षिया महिला, सप्तरीका ३५ वर्षिय पुरूष तथा बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरूषमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । जसमा ३ जनाको मृत्यु हुँदा ७० जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्