Logo

सल्यानमा श्रीमान विदेश गएका श्रीमतीहरुमा यौन रोग बढि



Spread the love

salyan district

वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका श्रीमतीहरुमा बढि यौन रोगको संक्रमण रहेको जनाइएको छ ।

जिल्ला अस्पताल सल्यानमा दैनिक  उपचारका लागि जाने एक सय विरामी मध्य  ४० प्रतिशत महिलाहरुमा यौन रोगको संक्रमण देखिने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अधिकांश पुरुषहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेशिया, कुवेत, दुवइ, कतार तथा भारतमा जाने गर्दछन् र उतैबाट रोग ल्याएर आउने गरेको जिल्ला अस्पताल सल्यानका डा. नजिर खानले जानकारी दिनु भयो । उहाँले भन्नु भयो असुरक्षित यौन सम्पर्कका कारण महिलाहरुमा यौन रोग बढ्दै गएको छ ।
महिलाहरुमा बढि मात्रामा यौनी  चिलाउने, सेतोपानी बग्ने, पाठेघरमा घाउ देखिने जस्ता समस्या देखिने गरेको डा. खानले बताउनु भयो ।  असुरक्षित यौन सम्पर्क तथा श्रीमान श्रीमती भन्दा अर्को पाटर्नर बनाउदा यस प्रकारका समस्या देखिने गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्