Logo

उहानकाे प्रयाेगशालाबाट भाइरस बाहिर निस्किएको होइन– निर्देशक वाङ ली



Spread the love

एजेन्सी । चीनको उहान इन्स्चिच्युट अफ भाइरोलोजीका निर्देशक वाङ लीले उहानबाट भाइरस निस्किएको भन्ने ट्रम्प प्रशासनको दाबी मनगणन्ते भएको बताएका छन् ।

वाङ लीले आइतबार दिएको अन्तररवार्तामा भनेका छन्, इन्स्चिच्युटलाई यो भाइरसबारेमा पहिला ज्ञान थिएन । न त उक्त भाइरस अनुसन्धाको लागि हामीले राखेका थियौँ । हामीले राख्दे नराखेको भाइरस कसरी प्रयोगशालाबाट निस्कियो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भाइरस उहानको प्रयोगशालाबाटै उत्पत्ति भएको भन्दै आरोप लगाएका छन् । ट्रम्पले कोरोना भाइरसलाई चीनीयाँ भाइरस भन्दै बेलाबखतलाई चीनलाई जिस्काइरहेका हुन्छन् ।

चीनको उहानमा भएको वेट मार्केटबाट कोरोना भाइरसको उत्पत्ति भएको धेरैले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्