Logo

संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुरमा सेना परिचालन गरिने



Spread the love

११ जेठ, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधाज्ञा जारी गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

नरैनापुरमा एक जना मृतकसहित एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो ।

दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो।

प्रतिक्रिया दिनुहोस्