Logo

पीसीआर रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवामा कोरोना संक्रमण



Spread the love

११ जेठ, झापा – पीसीआर रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा बाह्रदशी गाउँपालिकाका ४५ बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी ४ दिन अघिमात्र दिल्लीबाट घर फर्किएका थिए । लुकीछिपि सीमापार गरेका उनलाई सीमा क्षेत्रबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

कोरोना पुष्टि भएका उनको २ पटकको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । तर, पीसीआरमा नेगेटिभ देखिएपछि उनी घर गए ।

अन्ततः जेठ १० गते कोशी अस्पतालको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो ।

प्रतिक्रिया दिनुहोस्