Logo

२ महिने शिशु सहित एकै परिवारका १८ जनाले जिते कोरोना



Spread the love

१२ जेठ, काठमाडाैँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित सबैभन्दा कम उमेरका शिशु कोरोना मुक्त भएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति २ महिने शिशु सहित १८ जना डिस्चार्ज भएका छन् ।

उनीहरू १८ जना नै एकै परिवारका हुन् । उनिहरूमध्ये १ जनालाई बैशाख २१ गते कोरोना पुष्टि भएको थियो भने अन्य १७ जनालाई बैशाख २४ गते पुष्टि भएको थियो ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

उनीहरू सहित नेपालमा कोरोना भाइरस मुक्त हुनेको जम्मा संख्या १ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्