Logo

परीक्षणको रिपोर्ट नआउँदै अन्त्येष्टि भइसक्यो चौथो कोरोना सङ्क्रमितको



Spread the love

१२ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिले ज्यान गएको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका एक ७० वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो । ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।

उनका अनुसार संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्