Logo

दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु



Spread the love

काठमाडौं । पाँचथर सीमावर्ती राँके बजारमा दुर्घटनामा परी प्रहरी हवल्दारको ज्यान गएको छ । ट्रक र मोटरसाइकल एक आपसमा ठोकिंदा हवल्दार नविन बस्नेतको मृत्यु भएको हो । उनी सवारी आवागमनका लागि सादा पोशाकमा खटिएका थिए ।

सवारी आवागमनको अवस्था बुझ्न नविन एक स्थानीयको मोटरसाइकल लिइ इलामतर्फ गएका थिए । राँके बजारको चामु होटेल छेउमा झापाको बिर्तामोडबाट फिदिमतर्फ आइरहेको ट्रक आइतबार दिउँसो ठोक्किंदा बस्नेत घाइते भएका थिए ।

बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्