Logo

फार्ममा आगलागी हुँदा १२८ बाख्रा जले



Spread the love

१२ जेठ, बर्दिया – बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् ।

आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।


विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्