Logo

थप ९० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७७२ पुग्यो



Spread the love

१३ जेठ, काठमाडौं । थप ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

मन्त्रालयका अनुसार गुल्मीमा २, महत्तरीमा २, जुम्लाका बारामा कार्यरत २, बारामा ३, रौतहटमा २२, सिरहामा ५, धनुषामा १, बाँकेमा ८, कपिलवस्तुमा २६, अर्घाखाँचीमा २, स्याङ्जामा २ र सुर्खेतमा १२ रूपन्देही, कैलाली र अछाममा १/१ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्