Logo

क्वारेन्टाइन निरीक्षण गर्ने गएका वडाध्यक्षको क्वारेन्टिनमै ज्यान गयो



Spread the love

१४ जेठ, काठमाडौँ। कञ्चनपुरमा क्वारेन्टाइन निरीक्षण गर्ने गएका वडाध्यक्षको क्वारेन्टिनमै ज्यान गएको छ। मंगलबार राति जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मृत्यु भएको हो ।

आफ्नै वडामा रहेको नयाँ क्वारेन्टाइन निरीक्षण गर्दै गर्दा एक्कासी बेहोस भएपछि अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको पिसिआर परीक्षण गर्ने अस्पतालले जनाएको छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्