Logo

पर्यटक भित्राउन जापानले यस्तो व्यवस्था गर्यो



Spread the love

एजेन्सी । कोरोनाको कारणले गर्दा विश्वको पर्यटन व्यवसाय धरापमा परेको छ । पर्यटन व्यवसायलाई फस्टाउनको लागि जापानले विशेष व्यवस्था गरेको छ ।

जfपान सरकारले पर्यटकलाई भित्राउनको लागि १८.२ बिलियन डलर खर्च गर्ने बताएको छ । सरकारले जापानमा जाने पर्यटकको आधा पैसा व्यहोर्ने छ ।

जापानका टुरिज्म एजेन्सीका प्रमुख हिरोशी तबाताले आधा खर्च दिएपछि पर्यटकहरु जापान घुम्न आउने आशा गरेका छन् । प्रस्तुत योजनाको विस्तृत जानकारी आउन बाँकी नै छ ।

द जापान टाइम्सका अनुसार सरकारले प्रस्तुत नियम जुलाइबाट सुरु हुने बताएको छ । अहिले जापानले विदेशी नागरिकलाई बन्देज गरेको छ ।

जापानले सोमबार देशलाई आपतालीन अवस्थाबाट हटाएपछि टुरिज्म एजेन्सीले यस्तो घोषणा गरेको हो ।

जापानमा कोरोना भाइरसबाट १६,६२८ भन्दा धेरै संक्रमित भइसकेका छन् भने ८५१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्