Logo

संसद्मा आज २०७७/७८ को बजेट प्रस्तुत हुँदै



Spread the love

१५ जेठ, काठमाडौँ। बिहीबार नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।

दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्