Logo

नेपालमा कोरोना संक्रमितको संख्या नै सय कट्यो



Spread the love

१५ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

आज मात्रै थप ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या ९६२ पुगेको छ भने १८३ निको भए र घर फर्किएका छन् ।४ जनाको मुत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहिबार बिहानै थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । धनुषाका २९ ,महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्