Logo

एकैदिन १५६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या एक हजार ४२ पुग्यो



Spread the love

१५ वैशाख, काठमाडौं । एकैदिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १०४२ पुगेको छ।

मन्त्रालयका अनुसार धनुषामा २९, रौतहटमा २०,महोत्तरीमा १७, सर्लाहीमा ७ , सिराहामा ६, सप्तरीमा १४ दैलेखमा ८,सुर्खेतमा १५, दोलखामा २ , सोलुखुम्बुमा १ , मकवानपुरमा १ नवलपुरमा १, झापामा २५ , स्याङ्जामा ३ , दार्चुला १, कैलालीमा ३ बर्दियामा ३ र बाँकेमा १ गरि १५६ जना संक्रमित भएका हुन्।

अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्