Logo

२०७७/७८को बजेट : स्वास्थ्य मन्त्रालयलाई ९० अर्व ६९ करोड विनियोजन



Spread the love

१५ जेठ, काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गरेका छन् । संसद्‍मा आर्थिक बर्ष ०७७/७८ बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

– कोरोना रोकथामका लागि ६ अर्ब, स्वास्थ्यकर्मीको ५ लाखको निःशुल्क बीमा गरिने।
– एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमका शुरुवात गर्न ५ अर्व १० करोड।
– स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड।
– स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड।
– कोरोना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने।
– ३ओ शय्याको सरुवा रोग अस्पताल बनाइने।
– महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर।
– कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने।
– राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने।
– विपदको बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था गरिने।
– निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति र व्यायामशाला योग केन्द्र सञ्चालन गरिने।
– राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने।
– निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था गरिने।
– आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने।

प्रतिक्रिया दिनुहोस्