Logo

श्रमिकको पारिश्रमिकका लागि ५० अर्बको कोष खडा



Spread the love

१५ जेठ, काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको बताए।

कोषबाट ५ प्रतिशत व्याजमा त्यस्ता उद्योगहरूलाई व्यवसाय सहज नभएसम्मको लागि रकम उपलब्ध गराउने र सो रकमबाट कमदारको पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ । उद्योगहरू सहज भएपछि रकम कोषमा फिर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्