Logo

एउटा पिडादायिक जीवनको वृत्तचित्र ( भिडियो सहित)



Spread the love

सल्यान जिल्लाको पश्चिमी भेगमा रहेको कालिमाटी काल्चे गाविसका बालबालिकाहरुको अवस्थालाई समेटेर भिडियो वृत्तचित्र सार्बजानिक गरिएको छ । पत्रकार रेशम डि.सी.ले कालिमाटी काल्चे गाविसमा पर्ने बबइ नदि पार गरेर विद्यालय जान विवश बालबालिकाहरुको अवस्थालाई समेटेर वृतचित्र तयार गरेका हुन । वृत्तचित्रको नाम चिन्नो राखिएको छ । कालिमाटी काल्चे गाविसका बालबालिकाहरुले चिन्नोको सहारामा बबइ नदि पार गर्नुपर्ने अवस्थालाई झलाउन वृत्तचित्रको नाम चिन्नो राखिएको डिसीले बताए ।
कालिमाटी काल्चे गाविस वडा नं. १ हात्तीदमारका बालबालिकाहरु प्राथमिक विद्यालय उतिर्ण गरेपछि पढाइका लागि वडा नं. २ दमदुवाली मा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने गर्दछन । जसका लागि उनिहरुले दिनहु जोखिमपुर्ण ढंगले बबइ नदि पार गर्नुपर्ने हुन्छ । बिद्यार्थीहरुले बबई नदीमा पुल नहुदा गर्नुपर्ने पिडादायी संघर्षलाई  बृतचित्रमा समेटिएको छ ।
पत्रकार रेशम डि.सी. सल्लेरी खबरका सल्लाहकार सम्पादक हुन।
चिन्नो 
चिन्नो बास्तवमा ग्रामीण  भेगमा तरकारी खानाका लागी प्रयोग गरिने एक प्रकारको फल हो । लहरामा फल्ने चिन्नो लाई तरकारीका लागी केही ठाउमा प्रयोग गर्ने गरिन्छ भने परम्परागत रुपमा नै यसलाई ठुला ठुला नदी तर्नका लागी प्रयोग गरिदै आएको छ । पछिल्लो अबस्थामा यसको प्रयोग हराउदै गएको पाईन्छ ।
हेर्नुहोस् वृत्तचित्र

प्रतिक्रिया दिनुहोस्