Logo

कोरोना भाइरस पत्नि जस्तै हो, नियन्त्रण गर्न सकिँदैन : इन्डोनेसियाली मन्त्री



Spread the love

१६ जेठ, एजेन्सी – विश्वमा तहल्का मच्चाइरहेको कोरोना भाइरसबारे दिएको अभिव्यक्तिका कारण इन्डोनेसियाका सुरक्षामन्त्री विवादमा तानिएका छन् ।

कोरोना भाइरसलाई पत्निहरूका बीचमा तुलना गरेर नियन्त्रण गर्न नसिकने अभिव्यक्ति दिएपछि उनी महिला अधिकारकर्मीको निशानामा परेका छन् ।

स्थानीय विश्वविद्यालयलाई अनलाइन मिटिङमा मन्त्री मोहम्मद महफुद एमडीले दिएको हास्यास्पद अभिव्यक्तिपछि महिला समूह र सामाजिक सञ्जाल उनीमाथि खनिएका छन् ।

उनले मिटिङमा भने, ” मलाई एक जना साथिले भन्नुभयो, कोरोना तपाईको श्रीमती जस्तै छ। शुरुमा तपाईले यसलाई नियन्त्रण गर्ने कोशिस गर्नुभयो । तर, पछि तपाइलाई यो थाहा भयो की कोरोना नियन्त्रण गर्न सकिँदैन । अब यससँगै जिउने बानी पार्नुपर्छ ।”

उनको यो अभिव्यक्तिको देशभर कडा आलोचना भइरहेको छ ।

इन्डोनेसियामा अहिलेसम्म २४ हजार जनामा कोरोना संक्रमण हुँदा लगभग १५ सय जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्