Logo

क्वारेन्टाइनमा रहेका छ वर्षीय बालकको मृत्यु



Spread the love

१८ जेठ, डडेल्धुरा। डडेल्धुराका क्वारेन्टाइनमा राखिएका एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे छ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजेतिर जिल्ला सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालककाे मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार आमाबाबुसँगै उहाँ भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा आएका थिए ।

ती बालक मलेरिया रोगबाट ग्रसित थिए। यसअघि उनि मुम्बईस्थित एक अस्पतालमा उपचारत हुनुहुन्थ्याे । मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्