Logo

थप १६६ जनामा कोरोना पुष्टि, सल्यानमा पनि भेटियो संक्रमित



Spread the love

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ।

मन्त्रालयका अनुसार सल्यानमा २५, दैलेखमा १८,कालिकोटमा १८, तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, बाजुरामा ३, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० गरि १६६ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितहरुमध्ये २२० जना घर फर्किएका छन् भने आठ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्