Logo

क्वारेन्टिनमा खान नपाउँदा गाउँपालिका घेराउ



Spread the love

१९ जेठ, दैलेख – दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन् ।


भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टिनमा रहनुभएका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गरे ।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्