Logo

बाँके दुर्घटनामा मृतक संख्या १२ पुग्यो



Spread the love

१९ जेठ, नेपालगञ्ज। भारतबाट फर्किने नेपालीलाई लिएर सल्यानतर्फ हिंडेको यात्रुबाहक फोर्स गाडी ट्रकसंग ठोक्किदा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । ११ जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएपछि मृतक संख्या १२ पुगेको अस्पतालले जनाएको छ ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी र बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोकिँदा सो दुर्घटना भएको बाँके प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्