Logo

कोरोना कहरबीच कंगोमा इबोला देखियो, ४ जनाको मृत्यु



Spread the love

२० जेठ, एजेन्सी – उत्तर अफ्रिकी राष्ट्र कंगोमा इबोला भाइरसको नयाँ संक्रमण भेटिएको छ । कंगोको स्वाथ्य मन्त्रालयले इबोला भाइरसको नयाँ संक्रमण भेटिएको पुष्टि गरेको हो ।

कंगोका स्वास्थ्य मन्त्री इटेनी लोगोडोका अनुसार पश्चिमी सहर म्बानडाकामा इबोलाबाट चार जनाको मृत्यु भएको समेत जानकारी दिएका छन् ।

कोरोना तथा दादुराको महामारिमा परिरहेको कंगोमा इबोलाको नयाँ संक्रमणले थप चुनाैति थपेको छ ।

कंगोमा अहिलेसम्म ६ सयभन्दा बढीमा कोरोना संक्रमण हुँदा २० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्