Logo

श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएका एक जनाको मृत्यु



Spread the love

२० जेठ, पाल्पा – भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताए ।

मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्