Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो



Spread the love

२१ जेठ, काठमाडौं । थप १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनि दोलखाका ७६ बर्षीय पुरुष हुन् ।

उनि जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनको हेमोरेजिक स्ट्रोकको अपरेशन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाईएको थियो ।

त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आईसीयूमा रिफर गरिएको र उपचारको क्रममा बुधबार निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्