Logo

चीनमा लक्षण बिहीन संक्रमित भेंटिदै



Spread the love

एजेन्सी । बिहीबार चीनमा कोरोना भाइरसबाट एक जना संक्रमण पुष्टि भएको छ ।

चीनको स्वास्थ्य विभागका अनुसार ३ जुनमा चार जना संक्रमित भएका थिए । जसमा कुनै पनि किसिमका संक्रमणका लक्षण थिएनन् । नेशनल हेल्थ कमिसनका अनुसार यी सबै संक्रमित विदेशबाट आएका थिए ।

दुई जुनमा पनि चीनमा कोरोनाबाट पाँच जना संक्रमित भएका थिए । जसमध्ये चार जनामा लक्षण देखिएको थिएन ।

चीनमा अहिलेसम्म कोरोना भाइरसबाट ८४,१५९ जना संक्रमित भइसकेका छन् भने ४,६३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्