Logo

हाइड्रोक्सीक्लोरोक्विनको परीक्षण फेरि सुरु हुने



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सीक्लोरोक्विनको मेडिकल परीक्षण गर्नको लागि एक सातापछि फेरि अनुमति दिएको छ ।

कोरोना भाइरसको बिरामीलाई उपचार गर्नको लागि यस मलेरियाको औषधि प्रयोग गर्न थालिएको छ ।

एउटा शोध रिपोर्टमा हाइड्रोक्सीक्लोरोक्विनमा प्रश्न उठाइएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको मेडिकल रुपमा हुने परीक्षण रोकेको थियो ।

समीक्षापछि पुनः यसको मेडिकल परीक्षण गर्न थालिएको छ । यसको परीक्षण ३५ देशका कोरोना संक्रमितमा हुँदै छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सीक्लोरोक्विन कोरोना भाइरस विरुद्धको उपचारमा प्रयोग हुन सक्ने बताएका थिए ।

टर्कीले भने आफ्नो बिरामीमा यस औषधिको प्रयोगले नतिजा उत्साहजनक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्