Logo

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको सरुवा



Spread the love

२२ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन्।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई सरुवा गरेको हो।

श्रेष्ठलाई मन्त्रालयमै तानिएको छ। उनको स्थानमा दीपेन्द्र नारायण सिंह र व्यवस्थापन महाशाखामा डा.रमेश खरेललाई नियुक्त गरिएको छ।

यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा कोशी अस्पतालका निर्देशक डा. संगिता कौशललाई ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्