Logo

विद्यार्थी नेता पक्राउ विरुद्ध अखिल क्रान्तिकारीले शृङ्खलाबद्ध आन्दोलन गर्ने



Spread the love

२२ जेठ, गुल्मी – सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले चरणबद्द आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै चरणबद्द आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )ले केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको पक्राउ विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सङ्गठनले जेठ २३ गते सामाजिक सञ्जालमा कालो व्यानर राख्ने , जेठ २५ गते गैरन्यायिक गिरफ्तारीको विषयमा सामाजिक संजाल मार्फत अन्तरक्रिया गर्ने , जेठ २७ गते सामाजिक दूरि कायम राख्दै सम्पुर्ण जिल्लामा कोणसभा गर्ने तथा जेठ २९ गते सामाजिक दूरि कायम गर्दै देशव्यापी मशाल जुलुस निकाल्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।


सो संगठनका केन्द्रिय अध्यक्ष ढकाल बुधबार रुकुम हत्याकाण्डको विरुद्ध माईतीघर मण्डलाको कार्यक्रममा उपस्थित हुँदा सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्