Logo

विहीबार सुर्खेतमा मृत्यु भएका २० बर्षिय युवकमा कोरोना पुष्टि



Spread the love

२३ जेठ, सुर्खेत। कोरोना संक्रमणबाट सुर्खेतमा एक जना युवाको ज्यान गएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर, उनको बिहीबार बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।

पञ्चपुरी नगरपालिका वडाका २० बर्षिय युवा जेठ ७ गते भारतबाट फर्किएका थिए । उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्