Logo

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान, युएईको टुङ्गो लागेन



Spread the love

२३ जेठ, काठमाडौँ। म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। म्यानमारबाट नेपाली यात्रु बोकेको जहाज उडिसकेको र जहाज मध्यान्ह करिब १२ बजे नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल कार्यालयले जनाएको छ ।

यसअघि म्यानमारको सेनाको एयरफोर्स जहाजमार्फत आज बिहान १० बजे नेपाल आइपुग्ने तय भएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिएका थिए । तर, मौसमका कारण केही ढिलो भएको हो।

यसैबीच, युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो । आज ११.४५ मा ल्याण्ड हुने भनिएको त्यो जहाज भाडाको बिषयमा मत बाझिएपछि शुक्रबार ४ बजे आउनेगरी समय सारिए पनि अन्यौल नै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्