Logo

पेरुमा ९० दिनको लागि आपतकाल बढाइयो



Spread the love

एजेन्सी । ल्याटिन अमेरिकी देश पेरुमा ९० दिनको लागि आपतकाल बढाइएको छ ।

कोराना भाइरसको कारणले ल्याटिन अमेरिकी देशको स्थिति गम्भीर हुने संकेत मिलिरहेको छ ।

पेरुका स्वास्थ्यमन्त्रीका अनुसार पेरुमा पाँच हजारभन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८३ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

पेरु ब्राजिलपछिको सबैभन्दा धेरै प्रभावित ल्याटिन राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्