Logo

मास्क नलगाएको भनी प्रहरीद्धारा कुटपिट, युवकको मृत्यु



Spread the love
गिओभानी लोपेज


एजेन्सी । मेक्सिकोमा ३० वर्षीय युवकलाई प्रहरीले मास्क नलगाएको भनी कुटपिट गरेको छ । कुटपिटपछि उनको मृत्यु भएको छ ।

उक्त युवकका दाजु क्रिस्टियन लोपेजले केसलाई मेयरले लुकाउन खोजेको भन्दै मेयरले आफूलाई ९,००० हजार डलरले चुप गराउन लगाएको बताएका छन् ।

क्रिस्टियन लोपेजले भने,‘ प्रहरीले मास्क नलगाएको मानिसलाई पक्राउ गर्न आए । हामी डिनर गर्नको लागि जाँदै थियौँ । उनीहरुले हामीमाथि अन्याय गरे । मलाइ र मेरो दाजुलाई दस प्रहरीले समाते तर, म भाग्न सफल भएँ । तर दाजुलाई भने प्रहरीले कुटे । ’

गिओभानी लोपेज मे ४ को दिन मास्क नलगाएकै कारण कुटिए । तर उक्त घटना भिडियाेमा कैद भएको थियो । ब्रेन इन्ज्युरीको कारण मृत्यु भएपनि उनको आन्टीले प्रहरीले लोपेजको खुट्टामा गाेली लागेकाे र उनकाे शरीरभरी घाउ भएकाे बताएकी छिन् । केसको अहिले छानबिन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्