Logo

फिजी देशद्वारा कोरोनामुक्त भएको घोषणा



Spread the love

एजेन्सी । प्रशान्त महासागरमा रहेको फिजी द्वीपले कोरोनामुक्त भएको घोषणा गरेको छ ।

फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमाराले ट्वीटमार्फत् फिजी कोरोनामुक्त भएको घोषणा गरेका हुन् ।

फ्रान्कले ट्वीट गर्दै भनेका छन्, ‘ फिजीको अन्तिम कोरोना संक्रमित ठिक भएको छ । हामीले यहाँ कोरोना परीक्षण दिनहुँ बढाइरहेका छौँ । ४५ दिन भयो, कुनै पनि केस देखिएको छैन । फिजीमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हाम्रो निको हुने दर १०० प्रतिशत रहेको छ । ’

उनले हाम्रो कडा मेहनत र विज्ञानमा विश्वास राखेर यो उपलब्धि हासिल गर्न सक्यौँ भनी लेखेका पनि छन् ।

फिजी प्रशान्त महासागरमा रहेका ती द्धीपहरुमध्येको एक हो जहाँ कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

फिजीमा पहिलो केस मार्च महिनाको मध्यमा देखिएको थियो । त्यसपछि त्यहाँ निकै खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्