Logo

८ महिने शिशुसहित २७८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २९१२ पुग्यो



Spread the love

२३ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २९१२ पुगेको छ।

मन्त्रालयका अनुसार सुनसरीका २१, झापाका १२, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १, बजाङका १, डडेलधुराका ५, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरी १७ र रौतहटका ६ गरि २७८ जना संक्रमित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्