Logo

कोरोनालाई जितेर थप ४३ जना घर फर्किए



Spread the love

२३ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४३ जना कोरोनाभाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३३३ पुगेको छ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्