Logo

अदालतले मुद्दा दर्ता र सुनुवाइ गर्ने



Spread the love

२३ जेठ, दाङ – उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइ गर्न शुरु गर्ने भएको छ । बन्दाबन्दीका समयमा रोकिएको उक्त कार्य शुरु गरिने अदालतका रजिष्ट्रार रामप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज बसेको बार र बेञ्चको संयुक्त बैठकले वाणिज्य मुद्दासम्बन्धी अभियोग दर्ता र थुनछेक, सरकारको पुनरावेदन दर्ता र प्रत्यक्ष नझिकाएको मुद्दाको सुनुवाइ, तारेख गुजारेका रिट निवेदनको सुनुवाइ, सरकारी निकायलाई विपक्षी बनाइएको निवेदन दर्ता र प्रारम्भिक सुनुवाइ, मिलापत्र र मुद्दाको फिर्ताको निवेदनको सुनुवाइ, बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ तथा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ७३ बमोजिमको निवेदन र प्रतिवेदन तथा दफा १५५ बमोजिमको निवेदनको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्