Logo

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड



Spread the love

२४ जेठ, एजेन्सी – दक्षिण अफ्रिकी मुलुक ब्राजिलमा कोरोना भाइरसले तहसनहसको स्थिति सिर्जना गरेको छ । दैनिक मृतकको संख्यामा वृद्धि हुँदै जादा कोरोना नियन्त्रण बाहिर गइरहेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसका कारण १ हजार ८ जनाले ज्यान गुमाएका छन् । यो अहिलेसम्म एकैदिन मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या हो ।

ब्राजिलमा पझिल्लो २४ घण्टामा ३० हजार भन्दा बढी कोरोना संक्रमित पनि फेला परेका छन् ।

अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमित ६ लाख ४६ हजार पुगिसकेको छ भने जम्मा मृतकको संख्याले ३० हजार पार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्