Logo

हामीले २० लाख भ्याक्सिन तयार पारेका छौँ– ट्रम्प



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस विरुद्ध २० लाख भ्याक्सिन तयार पारेको बताएका छन् । उनले भ्याक्सिन प्रयोगको लागि तयार भएको पनि उल्लेख गरेका छन् ।

ट्रम्पले शुक्रबार भएको पत्रकार सम्मेलनमा भ्याक्सिन तयार भएको दाबी गरेका हुन् । भ्याक्सिन तयार त भएको तर सुरक्षित भए नभएको पुष्टि हुन बाँकी रहेको पनि जनाएका छन् । मानिसमा परीक्षण गर्नुभन्दा पहिला वैज्ञानिकको अनुमति लिनु पर्दछ ।

यद्यपि ट्रम्पले कुन कम्पनीको भ्याक्सिन भनी बताएका छैनन् । उनले कहिलेदेखि सुरु हुने भनी कुनै समय पनि तोकेका छैनन् । पत्रकार सम्मलेनपछि वरिष्ठ डाक्टर एन्थोनी फौसीले यस बारेमा टिप्पणी गर्न नसकिने उल्लेख गरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा भ्याक्सिन बनाउनको लागि पाँच कम्पनी लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्