Logo

तीन महिनापछि स्वीटजरल्याण्डमा खोलिए रिसोर्ट्स



Spread the love

एजेन्सी । तीन महिनापछि स्वीट्जरल्याण्डमा रिसोर्ट्स खोलिएका छन् ।

मार्चमा यूरोपमा कोरोना भाइरस फैलिएपछि रिसोर्ट्सहरु बन्द गरिएका थिए । सोही बेला आल्प्स पर्वत श्रृंखलाको आसपासमा हिउँ पर्न सुरु भएको थियो । त्यसपछि सोही क्षेत्रका होटलहरु रातारात खाली भए ।

कोरोना भाइरसको कारण अल्पाइन समुदायको भारी आर्थिक नोक्सानीको सामना गर्नु परेको छ ।
स्वीट्जरल्याण्डको सरकारले दुई मिटरको दुरी कायम गर्नु पर्ने दिशा निर्देश बनाएको छ । यसका साथै रेलमा यात्रा गर्दा मास्क लगाउनु पर्ने पनि जनाएको छ ।

स्वीट्जरल्याण्डको पहाडी क्षेत्रमा परेको हिउँ पग्लिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्