Logo

आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने



Spread the love

२४ जेठ, काठमाडाैँ – आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागले कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्न पत्र पठाएको छ ।

साँढे २ महिनादेखि मालपोतका काम भएका छैनन् ।

विभागले आइतबारदेखि सुरक्षाका उपाय अपनाएर कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्