Logo

कारागारमा कैदीको मृत्यु



Spread the love

२४ जेठ, काठमाडाैँ – कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।

बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्