Logo

अमेरिकामा कोरोनाबाट हुने मृत्युको सिलसिला रोकिएन, मृत्यु हुनेको संख्यामा केही कमी



Spread the love

२५, जेठ एजेन्सी । अमेरिकामा कोरोनाबाट हुने मृत्युको सिलसिला रोकिएको छैन । अमेरिकामा बितेको २४ घण्टामा कोरोना भाइरसबाट ७०६ जनाको ज्यान गएको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १९ लाख ८८ हजार पुगेको छ ।

अमेरिकाका अनुसार कोरोना भाइरसबाट मर्नेको संख्या बितेको ४४ सालमा कोरिया, भियतनम, इराक र अफगानिस्तानमा भएका अलग–अलग युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकभन्दा बढी रहेको छ ।

अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि सुरु भएको प्रदर्शनलाई लिएर ठुला शहरमा कर्फ्यु जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्